Logo

बागमती प्रदेश

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड



काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाएर ल्याएको छ ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१÷८२ का लागि सात अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सोमबार नगरसभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षका लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य सार्वजनिक गरेकी हुन् ।

अगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १५ प्रतिशत बढी रहेको उपमेयर शाक्यले बताइन् । 

चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट एक अर्ब ३२ करोड ८० लाख र बागमती प्रदेश सरकारबाट २२ करोड ९२ लाख ९२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बज्राचार्यले बताइन् ।

महनागरले विश्व सम्पदा क्षेत्रभित्र भवन सम्पदा नियम पालना गरी निर्माण गरिएका घरहरुको सम्पति कर मिनाहा गर्ने भएको छ ।

त्यस्तै, विद्युतीय सवारी प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा सम्पत्ति करमा ५ प्रतिशत कर छुट दिने उल्लेख छ ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : १२ बजे