Logo

Breaking News 1

बकर इद पर्व आज देशभरका मस्जिदहरुमा मनाइँदै



काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको बकर इद (इदुल जोहा) पर्व आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरुको दोश्रो ठूलो महान चाड हो ।

सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक विदा दिएको छ । बकर इदमा मुस्लिम धर्मावलम्बीहरुले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्, नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

सोमबार काठमाडौंको जामे मस्जिद, काश्मिरी मस्जिद लगायत मस्जिदमा मानिसहरु भेला भएर यो पर्व मनाउँदैछन् । हिजरी संवत् १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल सलामलाई बलिदान गर्न तयार भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिएको मुस्लिम अगुवाहरु बताउँछन् । मुस्लिम समुदायले सोमबारदेखि तीन दिनसम्म यो पर्व मनाउने छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ७ : ५५ बजे