Logo

मुख्य समाचार

मिडियामा सकारात्मक समाचार लेख्न संचारकर्मीमा आध्यात्मिक ज्ञान र सोच आवश्यक



काठमाडौं । सकरात्मक सोच र सकरात्मक समाचारले समाजलाई सही मार्ग दिनेभएकाले संचारकर्मीहरुका लागि आध्यात्मिक एवम सकरात्मक ज्ञान आवश्यक भएको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

शनिबार काठमाडौंमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपाल तथा भारतको प्रजापिता ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय मिडिया प्रभाग माउन्ट आबुको आयोजनामा भएको ‘सकारात्मक परिवर्तनका लागि जारुक मिडिया’ कार्यक्रममा बोल्ने वक्ताहरुले मिडियामा सकरात्मक समाचार आवश्यक भएको औंल्याएका हुन् ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा.राज दादीमाँले इश्वरीय र आध्यात्मक ज्ञान एवम जागृत , शान्ति, चेतनाको शुभसन्देशले समाजमा सकरात्मक सन्देश फैल्याउने भएकाले सकरात्मक चिन्तनसहितको मिडिया आवश्यक भएको औल्याइन ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले समाज कल्याण, मानव हित र सामाजिक उत्तरदयित्वसहितको पत्रकारिता आवश्यक भएको औंल्याए । त्रिवि पत्रकारिता तथा आमसंचार विभागका प्रमुख प्रवलराज पोखरेलले सकरात्मक समाचारका लागि मिडियाकर्मीको सोच सकरात्मक बनाउनुपर्ने बताए ।

पत्रकार देवप्रकाश त्रिपाठीले मानिस बन्नका लागि आध्यात्मिक चेतना जरुरी रहेको औंल्याउँदै मिडियाकर्मीहरुमा भौतिक मात्र नभइ आध्यात्मिक सोच आवश्यक रहेको औंल्याए । ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय मिडिया विङ माउण्ट आबुु भारतका राष्ट्रिय संयोजक डा.शान्तनु भाईजीले समाज र देश विकासका लागि सकरात्मक मिडिया आवश्यक रहेको बताए । उनले मिडियामा सकरात्मक समाचार प्रवाहका लागि आब्हान गर्न अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको तयारी भइरहेको जानकारी दिए ।

श्रीमत एक्सप्रेस दैनिक देहरादुनका प्रधान सम्पादक एवम मिडिया विङ्स हरियाणा संयोजक डा.दिन दयाल मित्तलले विश्व व्यापी रुपमै सकरात्मक समाचार सम्प्रेषण हुनसके समाज सही बाटोमा अघि बढ्ने धारणा राखे । समाजमा आतंक र हिंसा कायम रहेकाले सजकता, संयोजन, सांस्कृतिक आदनप्रदान र मनोरन्जन आवश्यक रहेको औंल्याए ।

प्रकाशित मिति : २ असार २०८१, शनिबार  ५ : ३७ बजे