Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

कला/साहित्य

पराजुलीको ‘मोम्चो कथासंग्रह’ प्रकाशन



काठमाडाैं । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा  ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ । साथै  पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका  समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए । उनले भने, ‘कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।’

कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ  ।  कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ । 

‘मोम्चो’ शब्दको अर्थ  चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ । आख्यानकार वसन्तले भने, ‘कथाङ्ग्रह भित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ । विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा  केिन्द्रत गरेको छु ।’

यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा  कृतिको सार्वजानिक हुने उनले जानकारी दिए । सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्ने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताए । 

तीन दशकदेखि पत्रकारितामा सक्रिय वरिष्ठ सञ्चारकर्मी वसन्त लामोसमयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन् । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : २४ बजे