Logo

अर्थ

तरलता अभावमा तड्पिएको बैंकलाई राहत



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि लचिलो व्यवस्था गरेको छ । सोमबार केन्द्रिय बैंकले निर्देशन जारी गर्दै बाणिज्य बैंकहरुलाई गैरआवासिय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्नका लागि सहज बनाइदिएको हो ।

राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको त्रैमासिक समिक्षामा गैर आवसीय नेपालीहरुको निक्षेप विदेशी मुद्रामा नै गर्न दिने घोषणा गरेको थियो । सोही अनुसार सोमबार निर्देशन जारी गरेको हो ।

निर्देशन अुनसार अव बाणिज्य बैंकहरुले थप दुई देशको मुद्रामा पनि निक्षेप लिन पाउने भएका छन् । यसअघि अमेरिकी डलर, यूरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर वा क्यानेडियन डलरमा मात्र निक्षेप संकलन गर्न पाउने व्यवस्था थियो अव भने थप दुई देशको मुद्रा जापनिज ऐन र चिनीया युआनमा पनि निक्षेप संकलन  गर्न पाउने भएका छन् ।

त्यस्तै यसअघि दुई बर्षको मुद्धति निक्षेप अनिवार्य राख्नुपर्ने व्यवस्थालाई थप लचिलो बनाएर एक वर्षे अवधिको मुद्दति निक्षेप खाता खोल्न पाउने व्यवस्था गरिएको छ । मुद्दति खातामा रकम प्राप्ती र फिर्ता बैंकिङ प्रणालीबाट गर्नुपर्ने निर्देशनमा व्यवस्था गरिएको छ ।

त्यस्तै पहिले न्युनतम १० हजार डलर खातामा अनिवार्य रहनुपर्ने व्यवस्था भएकोमा अहिले सो व्यवस्था परिवर्तन गरी ५ हजार कायम गरिएको छ भने विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको ग्राहक पहिचाहन भने अनलाईन माध्यमबाट समेत गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव भएसँगै निक्षेप बढाउनका लागि राष्ट्र बैंकले गैर आवासिय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानलाई लचिलो बनाएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ३२ बजे