Logo

कर्पोरेट

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो नगद लाभांश



काठमाडौं । सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको ३७६ औं बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको उक्त लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ५१ बजे