Logo

खेलकुद

युभेन्ट्समाथि चेल्सीको जित



एजेन्सी । इंग्लिस क्लब चेल्सीले इटालियन क्लव युभेन्ट्समाथि सानदार जित निकालेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा चेल्सीले घरेलु मैदानमा युभेन्ट्समाथि ४–० को फराकिलो जित निकालेको हो। 

चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरेका थिए। मंगलबार राति स्टामफोर्ड ब्रिज लन्डनमा खेलको २५औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दं घरेलु टोली चेल्सीलाई सुरूआती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप ३ गोल थप्यो। खेलको ५५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। त्यसको ३ मिनेट पछि कलुम हड्सन ओडोइले गोल गर्दे चेल्सीको अग्रता तेब्बर पारे।

इन्ज्युरी समयमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४-० फराकिलो जित दिलाए। जितसँगै समूह ‘एच’ मा चेल्सीले युभेन्ट्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ। दुवै टोलीको समान १२-१२ अंक भए पनि हेड टु हेड र गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा झरेको हो। यसअघि नै यी दुवै टोलीले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्।

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ११ बजे