Logo

मुख्य समाचार

जन्ती बाेकेकाे जीप दुर्घटनामा ६ जनाकाे मृत्यु



बैतडी । आइतबार राति बैतडीमा जन्ती बाेकेकाे जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ । पाँच जनाकाे घटनास्थलमै र एक जनाकाे उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्यु भएकाे हाे। 

दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप आइतबार राति ८ बजेतिर दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ३८ वर्षीय दीपक मालीको उपचारका लागि धनगढी ल्याउने क्रममा कैलालीको सहजपुरमा मृत्यु भएको हो ।

राति साढे आठ बजेतिर जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ४५ बजे