Logo

मुख्य समाचार

सुनसरीबाट करिब २७ किलो गाँजा बरामद



सुनसरी । बराहक्षेत्र नगरपालिका–१ भण्डारीटारस्थित सडक छेउको खोल्साबाट अवैध लागूऔषध गाँजा करिब २७ किलो २ सय ३० ग्राम बुधबार साँझ प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : २८ बजे