Logo

मुख्य समाचार

बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन्।

गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतबार गृहमन्त्री लामिछानेले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।

यस्तै सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन्।

‘मन्त्रालयमा केही समयअघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो,’ सचिवालयले जानकारी दियो।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको अभियोगमा व्यवसायी अरूण चौधरी पक्राउ परेका थिए।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ११ : ३१ बजे