काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेकाे छ । आज छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ५३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया