Logo

मुख्य समाचार

सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न अर्जुन नरसिंह केसीकाे माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे।

उनले भने, ‘यसअघि पनि ३३ किलो सुन प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन २०७५ सालमा गायब गरियो। त्यो प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो। अहिलेको प्रतिवेदन पनि हराउने काम नहोस्, जो दोषी छन् सबैलाई कारबाही होस्।’

उनले संसद्बाट एनसेल प्रकरणको पनि प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १२ : १८ बजे