Logo

मुख्य समाचार

प्रधानमन्त्रीसँग आगामी चैत ६ गते संसदमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम


३० फाल्गुन २०८०, बुधबार  

46
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी चैत ६ गते प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने भएको छ । आजका लागि सो कार्यक्रम कार्यसूचीमा रहेपनि प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमका कारण कार्यसूचीबाट हटाइएको छ ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका सांसदहरुले यो महिना प्रश्न सोध्नका लागि प्रतिनिधिसभा नियमावलीको नियम ५८ बमोजिम अगामी चैत २ गते दिउँसो ३ बजेभित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको बैठक चैत १ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : ०२ बजे