Logo

मुख्य समाचार

अर्थतन्त्र अझै पनि संकटको अवस्थामा छ : डा. वेदुराम भुसाल


२४ फाल्गुन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. वेदुराम भुसालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा उनले बाह्य सूचकांकहरूमा सुधार देखिएको भए पनि आन्तरिक सूचकांकमा अझै पनि समस्या रहेको बताए ।

उनले अर्थतन्त्रको समस्या गम्भीर चुनौतीको रूपमा रहेको जिकिर गरे । उनले अहिलेको सरकार अर्थतन्त्रका समस्या समाधानका लागि सफल हुनुपर्ने बताए ।

उनले सामाजिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्रका बारेमा प्रश्नहरू उठिरहेको बताए ।

उनले अहिलेको समीकरण फेरि परिवर्तन नहुने गरी अघि बढ्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ४ : ५९ बजे