Logo

मुख्य समाचार

सरकारको प्रवक्तामा मन्त्री शर्मालाई निरन्तरता


२४ फाल्गुन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निणर्य गरेको हो ।

साथै संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीलाई स्वीकृति दिने पनि निणर्य भएको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्,‘संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ वमेन (सीएसडब्लु)को ६८ औं सत्रमा भाग लिन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ११ : ५७ बजे