Logo

मुख्य समाचार

अस्पतालको शौचालयमा नवजात शिशु


२३ फाल्गुन २०८०, बुधबार  

115
Shares

विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : ४१ बजे