Logo

मुख्य समाचार

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री


२१ फाल्गुन २०८०, सोमबार  

276
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन् ।  नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए ।

नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमाले सहितका दलहरुको गठबन्धन बनाएको एकिकृत समाजवादीले प्रतिक्रिया दिएको छ ।

आफ्नै नेतृत्वमा सानो मन्त्री मण्डल गठन गर्ने अन्तिम तयारी गरेपछि दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । 

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : १२ बजे