Logo

मुख्य समाचार

अहिलेको सत्ताकेन्द्रित चलखेलमा राप्रपा सामेल छैन: लिङ्देन


२१ फाल्गुन २०८०, सोमबार  

184
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिलेको सत्ताकेन्द्रित चलखेलमा सामेल नरहेको बताएका छन्।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा, जसपालगायत दल नयाँ गठबन्धनबाट संघीय सरकार गठन तयारीमा जुटेका बेला राप्रपा अध्यक्ष लिङ्देनले आफूहरू यो सत्ताकेन्द्रित खेलमा सामेल नरहेको बताएका हुन्।

उनले मुलुकको यो अवस्थामा परिवर्तनका लागि भ्रष्ट व्यवस्थाको अन्त्य हुनुपर्ने पनि बताएका छन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी ४० बुँदे मागसहित आन्दोलनमा रहेको बताए।

प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : २७ बजे