Logo

मुख्य समाचार

कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य छैन : लिङ्देन


१८ फाल्गुन २०८०, शुक्रबार  

92
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको औचित्य नभएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य नभएको बताए।

उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए।

व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषय संसदमा चर्को रुपमा उठे पनि सरकारले नसुनेको उनको भनाइ थियो।

संसदमा उठेका आवाज सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको उनले बताए।

सरकारले यी विषयमा ठोस जवाफ दिनुपर्ने उनले बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ३ : १० बजे