Logo

मुख्य समाचार

काठमाडौं मेयरलाई स्वतन्त्र सांसदको चेतावनी


१८ फाल्गुन २०८०, शुक्रबार  

207
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी तथा संकलनकर्ताहरुमाथि मेयर बालेन साहले दुव्र्यवहार गरेको भन्दै विरोध जनाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगरमा कुनै बिकासको भान हुने गरी काम नगर्ने तर फुटपाथको व्यापारीलाई त्रसित बनाउने, कवाडीहरुलाई हटाउने जस्ता ज्यादती काममा मात्र महानगर संलग्न हुने गरेको आरोप लगाए ।

शुक्रबार कवाड संकलन गरेर राख्ने ठाउँमा डोजर चलाएको र राख्न नदिएको भन्दै काठमाडौं महानगरपालिकाविरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरभित्रका कवाडी व्यवसायी एवम् संकलनकर्ताहरुले मेयर बालेन्द्र साहले आफुहरुविरुद्ध ज्यादती गरेको आरोप लगाएर थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निणर्यविरुद्ध जुलुससहित विरोध आन्दोलन गरेका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ०१ बजे