Logo

मुख्य समाचार

सभामुखको रुलिङ : सदनमा उठेको जवाफ फागुन २१ को बैठकमा दिनू


१८ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

काठमाडौं । सदनमा उठेको प्रश्नको जवाफ दिन सभामुखले सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकका क्रममा सभामुख देवराज घिमिरेले यसअघिको बैठकमा पनि ध्यानाकर्षण गराएको भन्दै रुलिङ गरेका हुन् । फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ उठेका प्रश्नको जवाफ दिन उनले सरकारलाई रुलिङ गरेका हुन् ।

बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरूले सरकारको खोजी गरेका थिए । नेकपा (एमाले) र राप्रपाले बालकुमारी घटना, दुग्ध किसानको विषय, मिटरब्याजपीडित तथा बैंक तथा वित्तीय संस्थाको ऋणीको समस्यामा सरकारको जवाफ मागेर सदन चल्न अवरोध गरेका थिए । त्यसपश्चात् सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ११ : ५७ बजे