Logo

मुख्य समाचार

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार  

115
Shares

बर्दिया । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । आगलागी भएपछि गोठमा भएका पशु चौपाय निकाल्ने क्रममा ५८ बर्षिय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पुर्ण रुपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

पछि नेपाल प्रहरी, नगर प्रहरीले टयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मधुवन नगरपालिका दमकलको सहायताले शशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : २२ बजे