Logo

मुख्य समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा यथावत् राखिने


१७ फाल्गुन २०८०, बिहिबार  

391
Shares

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ ।

निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ । अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ ।

तर, उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ र डिजेलको मूल्य १६० रुपैयाँ छ ।

ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ९ : २९ बजे