Logo

मुख्य समाचार

मिटरब्याजी पीडितको समस्या समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुन सक्छ : विमला घिमिरे


१७ फाल्गुन २०८०, बिहिबार  

115
Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याजी पीडितहरूका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका मिटरब्याज पीडितहरू आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग गरे ।

उनले मिटरब्याज पीडितका माग समयमै सम्बोधन नगर्दा थप दुर्घटना हुनेतर्फ सरकारले सोच्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  २ : १३ बजे