Logo

मुख्य समाचार

सञ्चारमन्त्रीको भनाई : ‘ब्यान्डविथको प्लेटफर्म नहुँदा पूणर्रुपमा टिकटक बन्द गर्न सरकारले सकेन’


१७ फाल्गुन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताईन् ।

सरकारको असफलताबारे चर्चा गर्दै मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा भनिन्, ब्यान्डविथको प्लेटफर्म नहुँदा टिकटक बन्द गर्ने सरकारको निणर्य असफल भएको भन्दै उनले, प्लेटफर्म बनाउन प्रयत्न गर्न जरुरी छ ।

इन्टरनेटको दुरुपयोगबाट महिलाहरुले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्रीको भनाई छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन् तर त्यसको नियमन गर्न नसक्ने हुँदा असुरक्षा पैदा भएको उनको भनाई छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १२ : १५ बजे