Logo

मुख्य समाचार

भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षतिः ओली


१५ फाल्गुन २०८०, मंगलबार  

92
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

सोमवार निधन भएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका ओलीले यस्तो बताएका हुन् । उनले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताए । उनले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दिन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताए ।

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पु-याएको बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : ०१ बजे