Logo

मुख्य समाचार

संसद्मा विराजभक्त श्रेष्ठकाे प्रश्न : राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ ?


१३ फाल्गुन २०८०, आइतबार  

92
Shares

काठमाडौं । श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय संसद्मा उठेको छ । आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारको समस्या उठान गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेता समेत रहेको सांसद श्रेष्ठले राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ भन्दै प्रश्न उठाए ।

सांसद श्रेष्ठले राज्यको लोकतन्त्र श्रमजीवी पत्रकारको समस्या हल नगर्ने भए फस्टाउन नसक्ने उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ४३ बजे