Logo

मुख्य समाचार

संचय कोषले माग्यो ३० जना कर्मचारी


१२ फाल्गुन २०८०, शनिबार  

230
Shares

काठमाडौं । कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ ।

कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ५ : ०५ बजे