Logo

मुख्य समाचार

२९ करोडमा बनेको झोलुङ्गे पुलको प्रधानमन्त्रीले गरे उद्घाटन


१२ फाल्गुन २०८०, शनिबार  

92
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

सिराहा नगरपालिका १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्री दाहालले शनिबार सिरहा पुगेर उदघाटन गरेका हुन् । झन्डै २९ करोड रुपैयाँ लागतमा उक्त पुल निर्माण सम्पन्न गरिएको छ ।

पुल निर्माणका लािग २५ करोड ८० लाख नगद र कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको उपयोग गरिएको छ । सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।

झोलुङ्गे पुलको चौडाई चार फिट रहेकाले मानिस, चौपाया, साइकल र मोटरसाइकल पुलमाथि आउजाउ गर्न सक्छन् । झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डो¥याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १ : ५७ बजे