Logo

मुख्य समाचार

भिसी नियुक्तिमा प्रधानमन्त्रीले बाचा पुरा गरेनन् : प्रदिप पौडेल


८ फाल्गुन २०८०, मंगलबार  

115
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन् ।

खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले मंगलबार विहान सामाजिक संजालमार्फत भिसी नियुक्तिमा आपत्ति जनाएका हुन् ।

‘भित्री नियतमा कुनै परिवर्तन देखिएन । नियुक्ति कसरी गरिएको हो ? त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आम नागरिकका सामु सार्वजनिक गरियोस्,’ उनले भने ।

उपकुलपति छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ५७ बजे