Logo

मुख्य समाचार

मोटरसाइकलको ठक्करले महिलाको मृत्यु


८ फाल्गुन २०८०, मंगलबार  

207
Shares

विराटनगर । मोटरसाइकलले ठक्करले सिकिस्त घाइते भएकी एक महिलाको मृत्यु भएको छ । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले घाइते बनेकी मोरङको बूढीगंगा गाउँपालिका-१ की ६० वर्षीया धनमाया खतिवडाको सोमबार राति विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो ।

सुनसरीको इटहरीबाट विराटनगर आउँदै गरेको प्रदेश १-०१-०१४ प १२५१ नम्बरको मोटरसाइकलले कोशी राजमार्गको विराटनगर-३ मा उनलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरीका आशीष श्रेष्ठ सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ३२ बजे