Logo

खेलकुद

च्याम्पियन्स लिगमा पीएसजीको जित, बार्यनको हार


३ फाल्गुन २०८०, बिहिबार  

207
Shares

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीले युरोपेली च्याम्पियन्स लिग फुटबलको राउन्ड अफ सिक्सटीन्को पहिलो लेगमा जित निकालेको छ । आफ्नै मैदानमा पाहुना टोली जर्मन क्लब रियल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पीएसजीले दुवै गोल दोस्रो हाफमा निकाल्न सफल भयो । ५८ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले फावियन रुइजको पासमा गोल गरेका थिए ।

सोही अग्रता अन्त्यसम्म जोगाउँदै पीएसजीले रियल सोसिडाडलाई २–० गोल अन्तरले पहिलो लेगमा जित निकाल्यो । दोस्रो लेग मार्च ६ तारिखमा हुने छ । च्याम्पियन्स लिगकै अर्को खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गरेको छ ।

लाजियोले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पहिलो लेगमा १–० को जित निकालेको हो । किरो इमोबिलले ६९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । दोस्रो लेग मार्च ६ तारिखमा हुने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ७ : ५० बजे