Logo

मुख्य समाचार

फागुन १ गते बिदा छैन : गृहमन्त्रालय



काठमाडौं । सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले  सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ ।

‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख गरिएको थियो । तर, सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएपछि गृहले  आज विदा नदिइएको जनाएको हो ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १ : ११ बजे