मुग्लिन । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित जाँच सुरुवात गरेको छ ।
मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैविक कोरिडोरसमेत रहेको उक्त क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा जाँच थालेको हो ।
उक्त कार्यालयका प्रमुख खड्कबहादुर खत्रीले सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले जाँच सुरु गरिएको जानकारी दिए ।
कुन सवारी साधन कति गतिमा गुडेको छ भन्ने राडर गनमा अंक देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन जाँचमा राडर गनको सहायताले सहज हुने बताइएको छ ।
प्रतिक्रिया