Logo

समाचार

अवैध रुपमा चाँदीका सामान ओसारपसार गरेको आरोपमा पक्राउ



विराटनगर । चाँदीका गहना र सामानहरु अवैध रुपमा ओसारपसार गरेको आरोपमा प्रहरीले एकजना भारतीय युवकलाई बिहीबार पक्राउ गरेको छ ।

मोरङको रङ्गेली नगरपालिका–७ कालीमन्दिर चोकबाट साढे २ किलोभन्दा बढीको चाँदीका सामानसहित ती युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा चाँदीका सामानहरुको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएको टोलीले भारतको अररिया आमगाछी पञ्चायत–१३ का २२ वर्षीय मोहमत अलताफलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान गरी जम्मा २ किलो ५४८ ग्राम चाँदी  बरामद गरेको जनाएको छ ।

लुकाएर बोकेको चाँदीका सामानसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : ०२ बजे