Logo

मुख्य समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडाैं । संघीय संसद अन्तर्गत संसदीय समितिको तीनवटा बैठक बस्दै छ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विहान ११ बजे बस्दैछ ।

बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै विहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : ४८ बजे