Logo

मुख्य समाचार

सम्पत्ति शुद्धीकरण विधेयकमाथिको छलफल अब संसद्मा



काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनाउने विधेयक संसदमा छलफलका लागि पुगेको छ ।

संघीय संसदको प्रतिनिधि सभाबाट कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरीङ) निवारण तथा व्यवसायिक वातावरण सम्बन्धी केही ऐनलाई सम्बोधन गर्न बनेको विधेयक–२०८०’ माथि छलफलको होस् भन्ने प्रस्ताव बुधबार पेस भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले पेस गरेको उक्त प्रस्ताव सर्वसमितिबाट स्वीकृत भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : १३ बजे