Logo

मुख्य समाचार

सिमित राजीनितक दलको नेताहरुको मुठ्ठीमा देश कैद भयो : अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले, परिवर्तनको नाममा निर्माण भएको व्यवस्था जनताले गणतन्त्र नभई लुटतन्त्र भन्ने गरेको भन्दै ,सिमित राजीनितक दलको सिमित नेताहरुको मुठ्ठीमा देश कैद भएको टिप्पणी गरे ।

उनले राप्रपाले पछाडि फर्कने कुरा नगरेको भन्दै अब नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।

उनले टेरामक्स प्रविधि भित्रयाउले नाममा भ्रष्टाचार भएको कारण रोकिएको बताए । प्रविधि ल्याउनेकाममा र ल्याउन रोकेबापत पनि खाने, गरेको भन्दै योभन्दा अर्को लुटतन्त्र के हुन सक्छ भन्दै उनले प्रश्न गरे ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ५१ बजे