Logo

मुख्य समाचार

बिमा कम्पनीकाे सीईओका लागि दर्खास्त आह्वान



काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का लागि दर्खास्त माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ ।

दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १० : ०१ बजे