Logo

मुख्य समाचार

विश्व विद्यालय उपकुलपति नियुक्तिमा भागभन्डा अन्त्य गरौं : गगन थापा



वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्व विद्यालयको उपकुलपति नियुक्तिमा भागभन्डाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार वीरगन्जबाट प्रकाशित अंकुश दैनिकको रजत बर्ष समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालका विश्वविद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै गएको र विद्यार्थी विदेश पलायन हुनेक्रम बढेकाले योग्य र सक्षम उपकुलपति छनोट गर्नुपर्ने औंल्याएका हुन् ।

यतिबेला नेपाली कांग्रेस संसदमा, सरकारमा वा स्थानीय सरकार रहेकाले सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने थापाले बताए । पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरुले वा जो व्यक्ति जे मा आबद्ध हुनुहुन्छ त्यसमै काम गर्न सुझाव दिए । उनले नेपाली कांग्रेसको हालको देश दौडाहपछि काठमाडौंमा बसेर समीक्षा गर्ने, सूची तयार गर्ने र योजनाहरु अघि सारिने बताए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ४ : ४७ बजे