Logo

खेलकुद

कराँते सुरु गर्दै किसुनजीको सम्झना



काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

ललितपुरमा बिहीबार तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन यो देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्त नेता भट्टराई सधै प्रेरणाको स्रोत भएको बताए ।

उनले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उनीसँगकोे सामिप्यतामा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे ।

खेलकुदका सन्दर्भमा उनले नेपाली खेलाडीहरूले देशको शीर विश्वमा उच्च बनाएको भन्दै सरकारले पनि खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने योजनालाई प्राथमिकतामा राखेको सुनाए । तेस्रो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टीम सहभागी छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : ५१ बजे