Logo

मुख्य समाचार

यातायात सुधार सुझाव कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले प्रतिवेदन बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बिहीबार प्रतिवेदन बुझाएको हो ।

मुलुकका सडकको अवस्थाअनुसार रुट निर्धारणदेखि सवारी क्षेत्रमा बिमा र सुरक्षाका लागि अपनाउनुपर्ने नीतिबारे प्रतिवेदनमा सरकारलाई सुझाव दिइएको छ । एक वर्ष लगाएर तयार प्रतिवेदन १९९ पृष्ठको छ ।

कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री ज्वालाले मन्त्रालय र यातायत व्यवस्थापन विभागले अध्ययन गरेर कसरी कार्यान्वयनको कार्ययोजना बनाउने बताए ।

मन्त्री ज्वालाले सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने विधेयक अगाडि बढाउन लागेको जानकारी सञ्चारकर्मीलाई दिए ।

सार्वजनिक यातायात सम्बन्धी विधेयक चालु महिनाभित्रै संसद सचिवालयमा बुझाउने प्रतिबद्धता उनले जनाए । सार्वजनिक सवारी तथा यातायात व्यवस्था सम्बन्धी विधेयकलाई अझै समयानुकूल, व्यवस्थित गर्नका लागि कार्यदलको प्रतिवेदनले सहयोगी हुने उनले बताए । 

‘यातायात क्षेत्रमा जनतालाई सुशासन, सहज सुविधा कसरी दिने र विश्वासिलो कसरी बनाउने भन्ने कुरा नै हाम्रो मुख्य केन्द्रविन्दु हुन्छ,’ उनले भने, ‘त्यसकारण  यो प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि ढिलाइ गर्ने छैनौ । यसलाई छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ३२ बजे