Logo

मुख्य समाचार

व्यापारी अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं : सीआइबी



काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपमा आबद्ध व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले चौधरीलाई पक्राउ गरिएको पुष्टि गरे ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको उनले बताए । चौधरीसँगै बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका हुन् ।

बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको र वाँकी जानकारी केही दिनभित्र दिइने प्रवक्ता अधिकारीले नेपाल न्यूज बैंकलाई बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ४ : १५ बजे