Logo

मुख्य समाचार

‘अघि बढेका परियोजना नेपाल-चीनबिच मित्रताको प्रमाण हुन्’



काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन कार्यक्रममा बोल्दै उनले दिगो विकासलाई प्रवर्द्धन गर्न र साझा चुनौतिहरूलाई सम्बोधन अघि बढाइएका परियोजनाहरुलाई प्रयोग गर्न सकिने बताए । उनले सिल्क रोड युथ फोरम दक्षिण एसिया सहयोग सम्मेलन नेपाल र चीनबिचको दिगो मित्रताको प्रमाण भएको बताएका हुन् ।

उनले सरकार बीआरआई परियोजनाको कार्यान्वयन योजनामा ​​हस्ताक्षर गर्ने प्रक्रियामा रहेको जानकारी दिए । चीनसँग बीआरआई एमओयूमा हस्ताक्षर गरिसकेको भन्दै कार्यान्वयनको योजनामा ​​हस्ताक्षर गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले नेपाल र चीनबिच विद्यार्थीहरूको आवतजावतलाई सहजीकरण गर्नसके व्यक्तिगत विद्यार्थीको शैक्षिक यात्रालाई मात्र समृद्ध नबनाई विश्वव्यापी मानसिकताको विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाल र चीनबीचको दीर्घकालीन सामाजिक-आर्थिक सम्बन्ध साझा विकासको दृष्टिमा गहिरो जरा गाडिएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : ०५ बजे