Logo

मुख्य समाचार

इतिहास पढ्नेमात्र होइन सिकेर भविष्य बनाउने हो : उपसभापति गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले इतिहास पढ्नका लागि मात्र नभइ इतिहासबाट सिकेर भविष्य निर्माण आधार पनि भएको बताएका छन् ।

एउटा योद्धाले अर्को योद्धालाई कसरी सम्मान गर्नुपर्छ र एउटै पार्टीमा भएका नेताले अर्को नेतालाई कसरी सम्मान गर्नुपर्छ भन्ने कुरा इतिहासबाट सिक्नुपर्ने बताए ।

शुक्रबार नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा श्रद्धा, संकल्प र सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले इतिहास पढ्नको लागि मात्र नभई इतिहास सिकेर भविष्य निर्माण गर्ने स्रोत भएको बताए ।

विगतका दिनमा गिरिजाप्रसाद कोइराला, वीपी कोइराला र कृष्ण प्रसाद भट्टराईले मुलुकको स्वतन्त्रताका लागि ‘मेसिनगन’ बोकेको उल्लेख गर्दै उनले अहिले मुलुकको समग्र विकासका लागि सिर्जना, योजना र कार्य योजना तयार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ५८ बजे