Logo

मुख्य समाचार

चन्द्रागिरिमा सवारी दुर्घटनामा चारजनाको मृत्यु



काठमाडौं । चन्द्रागिरि नगरपालिका–४, पानीघाटनजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा आज दिउँसो भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको निमित्त प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा काठमाडौंको मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी र काठमाडौंकै लाजिम्पाटका डा। महेशकुमार गौतम र सोही ठाउँका चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

प्रहरीका अनुसार, भ्यानमा ६ जना सवार थिए । चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो । दुई घाइतेलाई उपचारका निम्ति बल्खुस्थित बयोधा अस्पतालमा लगिएको छ । दुर्घटनामा ६ वर्षीया स्मारिका गौतम र उनकी आमा डा. सृष्टि तिवारी घाइते छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : ०८ बजे