Logo

मुख्य समाचार

अज्ञात समूहद्वारा गाडीमा आगजनी



रौतहट । रौतहटको काटहरिया नगरपालिका ५ स्थित गएराती एक गाडीमा आगजनी भएको छ । स्थानीय छोटेलाल साह सोनारको सामान ढुवानी गर्ने मधेश प्रदेश .०३.००२स. २૪૪३ नम्बरको ई लोडर रिक्शामा राति साढे १२ बजे अज्ञात व्यक्तिले आगलागी गरेको हो ।

साहले बिहीबार काम सकेर आफ्नो घर अगाडी पार्किंङ गरि राखिएको थियो । आगोको मुस्लो हेरेर छिमेकी संगै सनारले आगलागी भएको केही बेरमै घरका सदस्यहरु आगोलाई नियन्त्रणमा लिएको थियो । ढुवानी प्रयोजनमा प्रयोग हुने उक्त रिक्सामा आगलगी कसले गरेको हो खुल्न नसके पनि कुनै पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ सई अरुण सिंहले घटना बारे अनुसन्धान भईरहेको बताएका छन। आगलागीबाट गाडीमा ठूलो क्षति पुगेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : २७ बजे