Logo

कर्पोरेट

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड 



काठमाडौं । कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्डबाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा ३ पुसमा आयोजित ‘लिडरसीप कन्क्लेभ नेपाल–२०२३’ सम्मेलनमा उक्त अवार्डबाट बैंक सम्मानित भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा लाग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ५७ बजे