Logo

कर्पोरेट

एनएमबी बैंकले तिर्‍यो १ अर्ब ८४ करोड कर



काठमाडौँ । एनएमबी बैंक लिमिटेडले मर्जर तथा प्राप्ती र एफपीओबापतको कर बुझाएको छ । बैँकले दिएको जानकारी अनुसार राज्यकोषमा १ अर्ब ८४ करोड ३४ लाख ४४ हजार २२१ रुपैयाँ कर बुझाएको हो ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत मर्जर तथा प्राप्ती र एफपीओबापत कर उठाउने व्यवस्था गरेका थिए । तर, बैंक तथा वित्तीय संस्थाले ‘भूतप्रभावी’ नबुझाउने बताउँदै आएका थिए ।

आर्थिक विधेयकको व्यवस्थाविरुद्ध सरकारलाई प्रतिपक्षी बनाएर बैंक तथा वित्तीय संस्था अदालत पुगेका थिए । तर, अदालतले बैंक तथा वित्तीय संस्थाको विपक्षीमा निर्णय गरेपछि राज्य कोषमा शुक्रबार नै कर बुझाएको एनबएमबीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : १५ बजे