Logo

कर्पोरेट

नबिल बैंकको ‘नबिल डिवेन्चर २०८७’ खुल्यो, कति पाइन्छ ब्याजदर?


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नबिल बैंकको तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र आज (शुक्रबार) देखि बिक्री खुला भएको छ।

बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो।

बैंकले ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरेको बताइएको छ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रूपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

उक्त ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिन्छ सो अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि पुस १३ गतेसम्म लम्बिनेछ।

बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५२ बजे